बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं– वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ।

प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापा र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्। थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन्।

देवकोटाको प्रस्तावकमा भने नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले छन्। देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन छ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ। नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ बनेका छन्।

राष्ट्रियसभामा वाग्मती प्रदेशको ‘अन्य’ समूहबाट निर्वाचित रामबहादुर थापाले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उनको स्थान खाली भएको हो। सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो।
 

प्रकाशित: May 07, 2021| 07:21 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।