काठमाडौं – प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।
कञ्चपुर भीमदत्त नगरपालिका नयाँगाउँ बस्ने ३२ वर्षीय पदमबहादुर कठायतलाई प्रहरीले खैरो हेरोइन जस्तो देखिने १०० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरी चौकी झोलुङ्गे पुलबाट खटिएको टोलीले प्र.०२–००३ प ६६२२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा लागुऔषधसहित कठायतलाई पक्राउ गरेको हो।
कठायतले मोबाइलको कभरमा लागुऔषध लुकाएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अध्ययन अनुससन्धान गरिरहेको छ।
