काठमाडौं– आज शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएकोमा आजका लागि ९१ हजार ७ सय रूपैयाँ तोकिएको छ।
चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
