बिहीबार, वैशाख २०, २०८१

शासन, रासन र भाषण 

देशको भूगोलमुनि आफूलाई राख्ने लालबहादुर र देशमाथि राखेर ‘म नै राज्य हुँ’ भन्ने मोदी दम्भका कारण भारतका सवा अर्ब नागरिक कोभिड आतंकबाट प्रताडित छन्।
 |  शुक्रबार, वैशाख २४, २०७८

संकेत कोइराला

संकेत कोइराला

शुक्रबार, वैशाख २४, २०७८

भारतका पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्री चर्चा रुचाउँदैनथे। पदभन्दा कर्मले चिनिनुपर्छ भन्ने मान्यता उनको थियो। एक दिन हितैषीले सोधेछन्, ‘शास्त्रीजी, तपाईंलाई सञ्चारमाध्यममा नाम प्रचारप्रसार गर्न यतिका डर किन?’ केहीबेर घोत्लिएर सोच्दै शास्त्रीले जवाफ दिए, ‘म लाजपात रायको एउटा भनाइ सधैं सम्झना भरहन्छ। जुन अभिव्यक्ति मेरो जीवन दर्शन बनेको छ। ताजमहलमा दुई प्रकारका ढुंगा छन्– एउटा, राम्रो खालको टल्कने सिंगमरमरको ढुंगा छ, जुन संसारले देख्छ र तँछाडमछाड गर्दै फोटो खिचेर लैजान्छ। अर्को, त्यो ढुंगा जुन ताजमहलको जगमा लगाइएको छ, जसको जीवनमा अँध्यारो नै अँध्यारो हुन्छ। तर ताजमहललाई ठड्याउन त्यही ढुंगाको महत्त्वपूर्ण योगदान रहन्छ। म त्यही जगको ढुंगा बन्न चाहन्छु।’

triton college

हिन्दुस्तानको भूगोल उही हो। ‘बन्दे मातरम्...’ को धून उही हो। धर्म, संस्कार, संस्कृतिका उडान उही गति र बेगमा चलायमान छन्। शासन पद्धतिको स्वरूप एउटै छ। तर त्यही नर्सरीमा हुर्किएको बिरुवाको संस्कारमा परिवर्तन आउँदा त्यो देशले भोग्नुपर्ने सकस त्रासदीपूर्ण हुँदो रहेछ। 

ती लालबहादुर र यी नरेन्द्र मोदीबीच तात्त्विक विभेद छ। देशको भूगोलमुनि आफूलाई राख्ने लालबहादुर र देशमाथि राखेर ‘म नै राज्य हुँ’ भन्ने मोदी दम्भका कारण भारतका सवा अर्ब नागरिक कोभिड आतंकबाट प्रताडित छन्। राजनीतिक दृष्टिले कहालीलाग्दो अवस्थामा रहेको चीन जुन बेला माओको लकेट गलामा नभिर्नेलाई जनताको कोटीमा राख्दैनथ्यो। काम गर्दागर्दै कारखानाको मेसिन बिग्रियो भने माओको ‘रेडबुक’ गोजीबाट निकालेर मेसिनमा छुवायो भने मेसिन चल्छ भन्ने भूत जनताको मनमस्तिष्कमा भरिएको थियो। त्यही चीनको नेतृत्व जब देङ सियाओ पिङले लिएपछि आर्थिक क्रान्तिको उछाल आयो। 

मुलुकमा एउटा राजनेता जन्मियो भने के हुन्छ? भर्खरै राजनीतिबाट निवृत्त जर्मन चान्सलर एन्जेला मार्केलको १८ वर्षे शासनकाल उदाहरण बनेको छ। त्यहाँका जनता आँगन, बार्दली, छत र चोकचोकमा भेला भएर एकैपटक ताली बजाएर उनको बिदाइ गरे। समकालीन राजनीतिमा यस्तो अद्भूत सम्मान कसैले पाएको छैन। आखिर के गरेर उनले यो सम्मान पाइन् त? पत्रकारले तपाईं किन सधैं एउटै सुट लगाउनुहुन्छ भन्ने प्रश्नका उनको उत्तर हुन्थ्यो– ‘म कुनै फेसन मोडल नभएर म त एउटा सामान्य सरकारी कर्मचारी हुँ।’ 

हुन पनि उनी कहिल्यै प्रचारमुखी भइनन्। यत्रो वर्ष पदमा बस्दा सत्ताको दुरुपयोग गरिनन्। घरेलु सहयोगी राखिनन्। घरको काम दम्पती मिलेर गर्थे। सामान्य अपार्टमेन्टमा गुजारा गर्थिन्। बिजुली बढी उपभोग भएर जनतालाई मर्का पर्ला भन्ने ठानेर धाराको पानीमा लुगा धुन्थिन्। इमानको यही समर्पणले उनलाई राजनेताको कोटीमा पुर्‍याएको हो। 

corrent noodles
Metro Mart
यतिबेला सडकमा एम्बुलेन्स जत्तिकै शववाहनलाई हतार छ। राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलगअलग बाटो खोज्ने प्रतिस्पर्धा छ। कसैलाई झुन्ड्याउन ठिक पार्नुस्, छिचोली नसक्नु मानिसको भीड लाग्छ।

सूचना प्रविधिमार्फत आएको प्रज्ञा र चेतनाको उभारले संसार अर्कै धु्रवमा रहे पनि विश्व नजानिँदो गतिमा निरंकुश शासनप्रणालीतर्फ विश्व अघि बढिरहेको छ। भारतमा भाजपाभन्दा मोदीतन्त्रको प्रभाव छ। चीनको माओकालजस्तै कोरोना भाइरसलाई मोदीको फोटो देखाइदियो भने ‘चट्’ भन्ने खालको चट्के सोचले राजनीति निलेको छ। मोदीलाई पानीले भिजाउँदा ओलीले छाता ओढ्ने संस्कार नेपालभित्र छ। 

नेपालमा ओलीतन्त्रका अघिल्तिर लोकतन्त्र, गणतन्त्र निरीह साबित भएको छ। दैनिक मानिसका लासको थाक लागिरहँदा बेसार, अम्बाको पात खाने उर्दी जारी गरेर तीन करोड जनताको नालायक व्यवस्थापक प्रमाणित भइसकेका छन्। उनको सनकमा देशवासीको भाग्य निर्धारण हुने गरेको छ। अहंवादको यही तन्त्रले छिमेकी देश चीन ग्रस्त छ। सी जिनपिङलाई देवत्वकरण गर्ने अभ्यास दिन दुईगुना, रात चारगुनाले चलिरहेको छ। रुसका भ्लादिमिर पुटिनले त संविधान संशोधन गरेर चार दशकसम्म सत्ताको कवच धारण गरिसकेका छन्। अमेरिकाले ट्रम्पको सनकबाट बल्ल मुक्ति पाएको छ। युरोप तथा एसियाका अरु थुप्रै देश छन्, जहाँ विद्रोह र निरंकुशताको लुकामारी चलिरहन्छ। 

यतिबेला सडकमा एम्बुलेन्स जत्तिकै शववाहनलाई हतार छ। राजनीतिका नाममा जन्ती र मलामी हिँड्न अलगअलग बाटो खोज्ने प्रतिस्पर्धा छ। कसैलाई झुन्ड्याउन ठिक पार्नुस्, छिचोली नसक्नु मानिसको भीड लाग्छ। फूलमाला, खादा, अभिनन्दनको कुरै छाडौं, आधा क्विन्टलको माला धारण नगर्ने यो देशमा कुन ठूलो मान्छे होला? कुर्सी पाएका मानिसको आधा कार्यकाल खादा, माला र अबिर लगाएरै सकिन्छ। 

नेपालमा पहिलापहिला मानिस पशुपन्छी चराएर दूध, अन्न, फलफूल उब्जाउँथे। बाउबाट छोराले सुनसरह फल्ने नासो स्वरुप सुन्तलाको बगैंचा र टारीखेत उपहार पाउँथ्यो। अहिले मान्छेले भैंसी हैन, मान्छे चराउँछ। मान्छे जब मान्छे चराउन पल्किन्छ, ऊभित्र अरू भाव हराउँछ। एम्बुस थापेर मान्छे ढाल्नमा जस्तो आनन्द र आम्दानीको रस उसले केहीमा भेट्दैन। यही प्रतापले नै त अमेरिकामा बसेको नेपाली अमेरिकीसँग हैन, आफ्नै वंशसँग डराउँछ। अरबी मालिकको जासुस भएर नेपालीले नेपालीकै घर खरानी बनाउँछ। भलिभाँती नेपाली नारीको संस्कार र अनुशासन बुझेकी केटी डिपेन्डेन्ट भिसामा लगिएको केटालाई विदेशी भूमिमा अलपत्र पार्छे। 

समयले देश बनाउने होइन। मानिसले सुकर्मको रङ छर्‍यो भने समय आफैं इन्द्रेणी बनेर उपस्थित हुने हो। हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आफूमाथिको अन्तरघात हो।

शास्त्रले व्यापार उत्तम, खेती मध्यम र नोकरीलाई अधम परिभाषित गरे पनि कलियुगमा भने पेसा जुनसुकै होस् न, ठगी किस्मतको सूचीमा बढुवा भएको छ।  सम्भवतः यही प्रवृत्ति सलहभैं बढेका कारण कुअन्न मानिने कोदो, फापर, दाँत कोट्याउने बाँसको सिन्कोसमेत निर्यात गर्नुपर्ने अवस्था आइपरेको हुनुपर्छ। जनै र छ्याङसमेत रेडिमेड पोकामा आउन थालेका छन्। 

महात्मा गान्धी, नेल्सन मन्डेला, देड सियाओ पिङ, मुहम्मद महाथिर, बिल गेट्स, मार्क जुकरवर्ग, डोनाल्ड ट्रम्प प्रकृतिले दिएको त्यही चौबीस घण्टा उपयोग गरेर पूज्य हुँदा हामी समयको कुन साइत कुर्दै छौं? जसका घरमा अन्न छैन, उसैलाई बढी भोक लाग्छ रे! समयले देश बनाउने होइन। मानिसले सुकर्मको रङ छर्‍यो भने समय आफैं इन्द्रेणी बनेर उपस्थित हुने हो। हलेदो रोपेर, उखुको अपेक्षा गरियो भने त्यो आफूमाथिको अन्तरघात हो। ईश्वरको संरचनामा कतै खोट छैन।  मन्दिर, चर्च, मस्जिदलाई रोमनमा उल्था गरेर हेर्नुस्, सबै ६ वटा अंग्रेजी अक्षरले बनेका छन्। गीता, बाइबल, चर्च अनुवाद गर्नुस, अक्षरका पाँच गेडा पाउनु हुनेछ। 

त्यसो भए देश बनाउने शिल्पी कस्तो हुनुपर्छ? पतिको शारीरिक कुरुपताप्रति तीव्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कस स्वभावकी थिइन्। विलासी जीवनको चाहना राख्थिन्। यसविपरीत अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए। कतिसम्म भने स्प्रिङ फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन्। संसारको कुनै पनि मनुष्यले आफ्नो दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन। समाजका सामान्य मानिस मात्र होइन ख्यातिप्राप्त महामानवको सोचाइ पनि यस्तै हुन्छ। तर शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान दम्पतीको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो। 

समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीको व्यापार पनि स्वतः बढ्छ। समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति उस्तै छ। जताततै कर्मवादीभन्दा भाग्यवादीहरुको उपस्थिति सघन बन्दै गएको छ।

भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी पत्नी कस्तुरबा गान्धीलाई एक सय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे। विश्वविख्यात राजनेता मन्डेला जब सत्ताको सम्प्रभुताको सिंहासनमा बस्न पुगे, दुखको यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन्। लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुपर्‍यो। 

राजनीतिक जीवनमा आलोचित रहे पनि माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे। उनी पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे। १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए। तर पत्नी बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए। ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसँग चौथो घरजम गरे। उनको विलासी व्यवहार सम्झिनेहरू अहिले पनि नाक खुम्च्याउँछन्। आफ्नो परस्त्रीप्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बीपीले उल्लेख गरेका छन्। 

अरु त अरु हरिकीर्तनमा लागेकी पत्नीको व्यवहारबाट जीवनको उत्तराद्र्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए। त्यस बेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो। धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टाको धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे। एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्कातिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन्। टाउको ओख्लीमा राखिन्छ भने मुसलको के नै भय हुन्छ र? समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीको व्यापार पनि स्वतः बढ्छ। समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति उस्तै छ। जताततै कर्मवादीभन्दा भाग्यवादीहरुको उपस्थिति सघन बन्दै गएको छ।

sanketkoirala07@gmail.com

प्रकाशित: May 07, 2021| 01:13 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...