काठमाडौं- सर्वोच्च अदालतले दीप बस्न्यातविरुद्ध विशेष अदालतमा दायर भएको मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको छ।
न्यायाधीश दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले शुक्रबार बिहान १०ः३० बजेभित्र विशेष अदालतबाट मुद्दाको सक्कल फाइल ल्याउन आदेश दिएको हो।
ललिता निवास जग्गा व्यक्तिको नाउमा पुर्याउन तत्कालीन भौतिक मन्त्रालयको सचिवको हैसियतले भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको छ।
पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका बस्न्यातले वैशाख १७ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
वैशाख १९ गते सर्वोच्चले पहिलो सुनुवाइ गर्दै विपक्षीलाई थुनामा राख्नुको र छाड्नु नपर्ने कुनै आधार र कारण भएकाले तीन दिनभित्र पेश गर्न भनेको थियो।

