काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका नेकपा एमालेका नेता माधव नेपाल त्यहाँबाट सीधै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
देउवा निवासमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत पुग्न नदिने विषयमा छलफल गरेर नेता नेपाल सीधै शीतल निवास पुगेका हुन्।
शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पछिल्लो राजनीतिक अवस्था, प्रधानमन्त्री ओलीले चालेका कदमलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने चर्चा भइरहेको बेला उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
