बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई विश्वासको मत नदिने विषयमा देउवा र नेपालबीच छलफल 

ओलीलाई विश्वासको मत नदिने विषयमा देउवा र नेपालबीच छलफल 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ।

देउवा निवास बुढानिलकण्ठमा दुई नेताहबीच करिब एक घन्टा लामो छलफल भएको हो। 

देउवा निकट स्रोतका अनुसार दुई जना नेताबीच प्रधानमन्त्री केपी ओलीका पक्षमा विश्वासको मत पुग्न नदिने विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिदै छन्। 

यसअघि हिजो देउवालाई भेट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहितका नेताहरु पुगेका थिए। ओलीले विश्वासको मत लिन लागेपछि दलहरुबीचको भेटवार्ता तीव्र बनेको छ।

भेटमा माधव नेपाल निकट नेता भीम रावल पनि सहभागी थिए।

भेटपछि नेता नेपाल बुढानिलकण्ठबाट सोझै राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

प्रकाशित: May 06, 2021| 14:27 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।