बुटवल- अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उप-महानगरपालिकाको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ।
मैनावगर क्षेत्रमा रहेका व्यवसायीहरुबाट संकलित ३५ थान अक्सिजन सिलिन्डर उप-महानगरपालिकामा हस्तान्तरण गरिएको छ।
भरिएका १४ र खाली २२ थान सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे।
त्यस अवसरमा प्रमुख सुवेदीले जनस्वास्थ्यको संवेदनशील विषयमा सहकार्य गरेको भन्दै आभार प्रकट गरेका थिए। उनले बुटवलका र बुटवललाई माया गर्ने अरु सामाजिक संघ संस्थालाई पनि महामारी विरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गरेका छन्।
बुटवलका सबै १९ वटै वडामा रहेका होम आइसोलेसन, होटल आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका लक्षणसहितका संक्रमितलाई एम्बुलेन्ससहितको सेवा प्रदान गर्दै आएको छ।
