बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा ३ करोड ८५ लाख निकासा

कोरोना नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा ३ करोड ८५ लाख निकासा

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश १ सरकारले ३ करोड ८५ लाख रुपैयाँ निकासा गरेको छ। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

विराटनगर- कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश १ सरकारले ३ करोड ८५ लाख रुपैयाँ निकासा गरेको छ। 

कोरोना जनसुरक्षा कोष,  कोष सञ्चालक समितिको बिहीबार बसेको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरूमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासा गर्ने निर्णय गरेको हो। 

कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रलगायतका अस्पतालहरूका लागि आवश्यक स्यानीटाइजर, मास्क, पीपीई सेट एन्टिजेन किट, आकस्मिक औषधिलगायतका कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सामाग्रीहरूको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरलाई ५० लाख विनियोजन गरिएको छ।

कोभिड–१९ उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि मेची अस्पताललाई २५ लाख, जिल्ला अस्पताल, सुनसरीलाई २० लाख, जिल्ला अस्पताल, धनकुटा र उदयपुर कोभिड–१९ अस्पताल (आइसोलेसन सेन्टर), बेलटारलाई. २०–२० लाख निकासा गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

आइसोलेसन स्थापना, सञ्चालन तथा उपचार सेवाका लागि जिल्ला अस्पताल, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र जिल्ला अस्पताल, ताप्लेजुङलाई १ करोड १५ लाख निकासा दिने निर्णय कोरोना जनसुरक्षा कोषको बैठकले गरेको छ। 

होल्डिङ सेन्टर सञ्चालन व्यवस्थापन लगायतका कार्यका लागि जिल्ला प्रशासन कार्यालय, झापालाई २० लाख, सुनसरी र इलामलाई १५–१५ लाख, जिल्ला प्रशासन कार्यालय, मोरङलाई २० लाख, ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर संचालन तथा व्यवस्थापनका लागि १५ लाख र जिल्ला प्रशासन कार्यालय, भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङलाई होल्डिङ सेन्टर सञ्चालन व्यवस्थापन लगायतका कार्यका लागि ५–५ लाखका दरले ५० लाख निकासा दिने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। 

प्रकाशित: May 06, 2021| 13:02 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।