काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्।
उच्च स्रोतका अनुसार अहिले बेलुका पौने ६ बजेदेखि दुई नेताहरूबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेता नेपाल देउवालाई भेट्न गएको बताइएको छ।
यसअघि बुधबार नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीसहितका एमाले नेताहरूले देउवा र कांग्रेसका अन्य नेताहरूसँग भेटवार्ता गरेका थिए।
बैठकमा माधव नेपाल निकट नेता भीम रावल पनि सहभागी भएका छन्।
