बिहीबार, भदौ ११, २०८३

९ हजार ७० संक्रमित थपिए, ५४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो संख्या अहिलेसम्मकै धेरै हो।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो संख्या अहिलेसम्मकै धेरै हो।

२० हजार ३६७ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा ८ हजार ९७० जना र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १०० जनाको रिपोर्ट पोजेटिभ आएको हो।

सोही अवधिमा थप ५४ जना संक्रमितको मृत्यु भएको छ। हिजो सबैभन्दा बढी ५८ जनाको निधन भएको थियो। त्यसैगरी २ हजार ७०७ जना भने निको भई घर फर्किएका छन्। अहिले निको हुने दर ७९.४ प्रतिशत छ।

थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ। देशभरका कोभिड अस्पतालका आईसीयूमा ६२५ र भेन्टिलेटरमा २०१ जना उपचाररत छन्। 

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ।

प्रकाशित: May 06, 2021| 11:51 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।