बिहीबार, भदौ ११, २०८३

गण्डकीको संसद् चलाउने सहमति

वैशाख १५ गतेदेखि अवरुद्ध गण्डकी प्रदेश सभाको बैठक २७ गते बस्ने भएको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

पोखरा– वैशाख १५ गतेदेखि अवरुद्ध गण्डकी प्रदेश सभाको बैठक २७ गते बस्ने भएको छ। कार्यव्यवस्था परामर्श समितिले आजको बैठकमा बैठक डाक्ने सहमति भएको सभामुख नेत्रनाथ अधिकारीले नेपाल समयलाई जानकारी दिए। 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा सोही दिन छलफल र कारवाही हुने अधिकारीले बताए। 

वैशाख १ गते संसद् सचिवालयमा दर्ता भएको प्रस्तावमाथि ६ गतेको बैठकमा छलफल हुने भनिए पनि गुरुङले वैशाख २ गते नै संसद् अन्त्यको सिफारिस प्रदेशप्रमुख समक्ष गरेका थिए। 

सोही सिफारिसअनुसार निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले संसदको विधान अधिवेशन अन्त्य गरेका थिए। पछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गरेबमोजिम वैशाख १३ गते बोलाइएको थियोे। 

१३ गते सुरु भएको अधिवेशन कोरोनाको कारण देखाउँदै १४ गते एमालेले अवरुद्ध गरेको थियो।

१५ गतेको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको टुंगो लगाउने कार्यसूची थियो। तर अचनाक जनमोर्चाका सांसद खिमविक्रम शाही हराएपछि स्थगित गरिएको थियो।

प्रकाशित: May 06, 2021| 11:40 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।