बिहीबार, भदौ ११, २०८३

रेमडेसिभिर औषधिको कालोबजारी गर्ने एकजना पक्राउ

जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं- जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले गोरखा घर भई हाल काठमाडौं टोखा बस्ने २५ वर्षीय रफिक मियालाई पक्राउ गरेको हो। 

६ थानको मूल्य करिब ३० हजार पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्रि गर्ने भनि बार्गेनिङ गरी उक्त औषधिसहित बसुन्धरामा बिक्री गर्न पुगेको समयमा प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेका व्यक्तिले महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको खुल्न आएको छ।

मेडिकल सञ्चालक दीपक ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ। 

बाहिर बजारमा सजिलै उपलब्ध नहुने रेमडेसिभिर औषधि कोभिड-१९ उपचारको लागि तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयमार्फत् उपलब्ध गराइँदै आएको छ। 

उक्त औषधि कसरी औषधि पसलसम्म पुर्‍याइयो तथा यस प्रकरणमा अन्य को को संलग्न छन भन्ने विषयमा पनि महानगरीय अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: May 06, 2021| 11:23 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।