बिहीबार, भदौ ११, २०८३

धर्मशालामा दुई सय बेडको उपचार केन्द्र

वीरगन्जको गोपाल मण्डली धर्मशालामा कोभिड उपचार केन्द्र बनाइएको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

पर्सा– वीरगन्जको गोपाल मण्डली धर्मशालामा कोभिड उपचार केन्द्र बनाइएको छ। धर्मशालामा दुई सय बेड तयार भएका छन्। एक सय बेडमा संक्रमितकाे उपचार गरिने र सय बेड आइसोलेसनका रुपमा प्रयाेग गरिने वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी  दिए।

एक सय बेडमा बिरामीलाई चाहिने अक्सिजनसहितको व्यवस्थापन गरिएको छ। कोभिडमा महानगरवासीका लागि सक्दो उपचार व्यवस्थापन गर्ने उनले बताए। उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आउनेछन्। उपचार केन्द्रमा संक्रमितका लागि खाना, खाजासहित औषधिउपचारको व्यवस्था गरिएको छ। त्यहाँ बस्न जाने संक्रमितले  खाने भाँडा र व्यक्तिगत कपडाबाहेक केही लानु नपर्ने महानगरपालिकाले जनाएको छ। 

नारायणी अस्पतालको पीसीआर ल्याबले गरेको परीक्षणमा पछिल्लो २४ घण्टामा एक सय ५१ जनामा कोरोना संक्रमित थपिएका छन्। संक्रमित ६ वर्ष बालकदेखीदेखि ८८ वर्ष वृद्ध छन्। एक सय ९२ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा पर्साका १०९ जना, बाराका ३० जना, सर्लाहीका ७ जना र रौतहटका ५ जना कोरोना संक्रमण पुष्टि भएको हो।

 

प्रकाशित: May 06, 2021| 09:55 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।