विराटनगर– विराटनगरमा कोरोना संक्रमणका कारण १७ घण्टा अवधिमा ७ जनाको मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ४, नोबेल शिक्षण अस्पतालमा २ र न्युरो अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको हो।
विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए। कोरोना पुष्टि भएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो। राजवंशीका अनुसार मृतकमा श्वासप्रश्वाससम्बन्धी पुरानै समस्या रहेको पाइएको छ।
कोसीमै उपचाररत मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवकको पनि बिहान ३ बजेतिर मृत्यु भएको राजवंशीले बताए। कोरोना संक्रमण देखिएपछि उनलाई वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो।
सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध पुरुषको बिहान मृत्यु भएको छ। कोसीमै उपचाररत उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
राजवंशीले विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ११ बजेतिर कोसीमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। पाठेघरमा देखिएको समस्याका कारण अत्यधिक रक्तस्राव हुँदा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिलाको बुधबार राति ९ः३० बजेतिर मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा कोरोना संक्रमणसँगै अत्यधिक रक्तश्राव भइरहने समस्या थियो। महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर भर्ना गरिएको हो।
नोबेलमै उपचार गराइरहेका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय वृद्ध पुरुषको पनि बुधबार साँझ ६ बजेतिर मृत्यु भएको छ। श्वासप्रश्वास र मुटुको समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो। प्रबन्धक दाहालका अनुसार स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो।
विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ। दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबार साँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो।
आइसोलेसनमा उपचार थालिएका युवकको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालका डाइरेक्टर रन्जितराज बस्नेतले जानकारी दिए।
गत वैशाख ५ गते मोरङको धनपालथान गाउँपालिका–४ मा को २७ प ६४५९ नम्बरको मोटरसाइकल आफंै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकको पछाडि सवार रहेका ती युवक घाइते भएका हुन्। त्
