काठमाडौं– भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपालमा आयातका लागि अनुमति पाएको हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालि नामक कम्पनीले सरकारी निकायले उत्पादक कम्पनीसँग खोपको मूल्य तय गरेपछि मूल्य बढाएको खुलेको छ।
प्रतिडोज ४ डलरमा खरिद गर्ने तय भएको भ्याक्सिनको मूल्य बढाएर आयातकर्ताले ६ डलर पुर्याएको हो।
उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागसँग खोप बिक्रीको कुराकानी गरेको १२ दिनपछि हुकमले खोपको मूल्य बढाएको समाचार आजको रिपब्लिका दैनिकले लेखेको छ।
