काठमाडौं- वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।
केही दिनअघि कोरोना पुष्टि भएर उपचार गराइरहेका प्रधानको निधन भएको हो। संगीतकार लक्ष्मण शेषले प्रधानको निधन भएको जनाएका छन्।
कोरोनाकै समयमा उनको छातीमा इन्फेक्सन भएपछि उनलाई थप उपचारका लागि काठमाडौं न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
प्रधानका घुम्तीमा नआउ है, पर लैजाउ फूलहरु, नमान लाज यसरीलगायत चर्चित गीत छन्।
उनी पहिलो नेपाली पार्श्व गायकसमेत हुन्।
