बिहीबार, भदौ ११, २०८३

पर्सामा २४ घण्टामा पाँच संक्रमितको मृत्यु

पर्सामा पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएकाे छ। उनीहरुको उपचारका क्रममा निधन भएको हो। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

पर्सा– पर्सामा पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ। उनीहरुको उपचारका क्रममा निधन भएको हो। 
वीरगन्जको नारायणी अस्पतालमा उपचाररत पर्साका दुई र रौतहटका तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–४ का ७० वर्षीय पुरुष र जगरनाथपुर गाउँपालिका–८ का ५५ वर्षीय पुरुष छन्। कोरोना संक्रमित दुवैलाई गम्भीर प्रकारको निमुनियाले सताएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले बताए।

यसैगरी रौतहटका तीन संक्रमितको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा गौर नगरपालिका–२ का ५४ वर्षीय पुरुष, विजयपुर नगरपालिकाका ४५ वर्षीय पुरुष, त्यसैगरी फत्तेपुर नगरपालिका–६ की ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
 

प्रकाशित: May 06, 2021| 08:08 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।