बिहीबार, भदौ ११, २०८३

खोप खरिदमा सहभागिता नरहेको हुकमको दाबी

विवादित हुकम डिस्ट्रिब्युटर्सले अहिलेसम्म नेपालमा खरिद भएको भ्याक्सिनमा आधिकारिक सहभागिता नरहेको दाबी गरेको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– विवादित हुकम डिस्ट्रिब्युटर्सले अहिलेसम्म नेपालमा खरिद भएको भ्याक्सिनमा आधिकारिक सहभागिता नरहेको दाबी गरेको छ।

कम्पनीले अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन आयात गर्ने आधिकारिक विक्रेता भए पनि यसअघि ल्याइएका खोपमा कुनै सहभागिता नभएको दाबी गरेको हो।  

कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘२० लाख डोज भ्याक्सिन  ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन।’ खोप खरिदमा कम्पनीले नियम सम्मत रुपमा पाउनुपर्ने सेवा शुल्कसमेत महामारीका बेला नागरिक तिको सामाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको दाबी कम्पनीको छ।

कम्पनीले भनेको छ, ‘त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्र लेखेर धन्यवाद ज्ञापनसमेत गरेको सबैलाई आग्रह गरिन्छ।’ कम्पनीले सम्झौता बमोजिम दोस्रो लटको भ्याक्सिन आयात हुन नसक्नुको एउटा कारण भारतमा सिर्जना भएको असहज परिस्थिति र उत्पादनमा आएको प्राविधिक समस्या रहेको जनाएको छ। 

प्रकाशित: May 06, 2021| 07:59 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।