बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमिशनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकार दण्डित हुनुपर्छ  :  नेता महर

कमिशनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकार दण्डित हुनुपर्छ  :  नेता महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौं जनताले ज्यान गुमाइरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं - नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट हजारौं जनताले ज्यान गुमाइरहेका बेला स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन्। नागरिक स्वास्थ्य संकटले बिचल्लीमा परेको बेला सरकार कमीशनको चक्करमा खोप र औषधिको कृतिम अभाव गराएर जनता मार्ने काममा लागिरहेको उनको आरोप छ।

संकटमा सहयोगी हातहरू नामक अभियानले आयोजना गरेको 'कहाँ चुक्यो सरकार' बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले वर्तमान सरकार इतिहासकै भ्रष्टाचार शिरोमणी र विवेकहीन पनि  सावित भएको बताए। यो ३ वर्षे कार्यकालमा भ्रष्टाचार,  आर्थिक अनियमितताका दर्जनौं काण्डहरू घटाइएको बताउँदै उनले खोप काण्ड, ओम्नी काण्ड, फास्टट्रयाक काण्ड, सेक्युरिटी प्रेस काण्ड, वाइडबडी काण्ड, रेल्वे काण्ड लगायतका दर्जनौं काण्डमा अर्बौको अनियमितता गरेको आरोप लगाए।

लामो समयदेखि महामारी संक्रमणको भय र त्रासले आतंकित भएर जीवनरक्षाका लागि जनताले गरेको पुकार सुन्नुको सट्टा स्वास्थ्य सामग्री र भ्याक्सिन खरिद गर्दा भ्रष्टाचारजन्य कार्यमा स्वंय सरकार संलग्न देखिनु अमानविय र असंवेदनशीलताको पराकाष्ठा भएको नेता महरले टिप्पणी गरे। सरकारका गलत कार्यहरू नियन्त्रण गर्ने सबै अंगहरू सरकारले आफ्नो सिकंजामा  राखेको नेता महरले बताए। 

सबै सत्ताहरू नियन्त्रणमा राखेर सर्वसत्तावादी बनेको सरकारलाई जनता स्वंयका तर्फबाट जनताको अदालतमा उभ्याएर कारवाही गरे मात्र देशमा सुशासन र अमनचयन हने नेता  महरको भनाई थियो। 

प्रकाशित: May 06, 2021| 07:52 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।