काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पतालमा बेड चाहिए टोल फ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।
मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि बेड चाहिएमा वा अस्पताल जान परेमा सम्पर्क गर्न नम्बर सार्वजनिक गरेको हो।
ती नम्बरमा फोन गरे कहाँ बेड खाली छ जानकारी दिइने र सम्बन्धित अस्पतालमा समन्वय गरी बिरामीलाई भर्ना गर्ने व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ। २४ सै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ।
