काठमाडौं– प्रतिनिधिसभाका चार जना सांसदलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। यही वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभा बेठकलाई लक्षित गरी गरिएको पीसीआर परीक्षणका क्रममा चार सांसदलाई संक्रमण पुष्टि भएको हो।
कोरोना पुष्टि भएका सांसदहरुमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन्। जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरीलाई संक्रमण देखिएको बताइएको छ।
बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो।
