पोखरा– कोभिड–१९ का कारण गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनाले ज्यान गुमाएका छन्। यससँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४१ पुगेको छ।
पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये ३ जना पोखरा महानगरपालिका र एक जना म्याग्दीको धौलागिरी गाउँपालिकाकी महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। तीमध्ये तीनजनाको मणिपाल शिक्षण अस्पताल र एक जनाको चरक अस्पतालमा निधन भएको हो।
