बिहीबार, भदौ ११, २०८३

कोरोना संक्रमित महिलाको रक्तश्रावका कारण मृत्यु

कोरोना संक्रमित एक महिलाको रक्तश्रावका कारण मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ कोचाखालकी ३७ वर्षीया महिलाको रक्तश्राव नरोकिँदा मृत्यु भएको हो।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

विराटनगर– कोरोना संक्रमित एक महिलाको रक्तश्रावका कारण मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ कोचाखालकी ३७ वर्षीया महिलाको रक्तश्राव नरोकिँदा मृत्यु भएको हो।

नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार राति ९ः३० बजेतिर उनको मृत्यु भएको हो। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा कोरोना संक्रमणसँगै रक्तश्राव भइरहने समस्या थियो।

महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः२० बजेतिर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उपचार सफल हुन नसक्दा पाँच घण्टाभित्रै उनको मृत्यु भएको दाहालले बताए।

पाठेघरमा भएको संक्रमणका कारण महिलालाई रक्तश्रावको समस्या देखा परेको पाइएको उनको भनाइ छ। दाहालका अनुसार रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोरोना संक्रमित महिलालाई उपचारका लागि भर्ना गरिएको हो।
 

प्रकाशित: May 06, 2021| 07:06 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।