बिहीबार, भदौ ११, २०८३

अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना

कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

धनगढी - कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

नेपालजञ्जबाट सिलिण्डर बोकेर महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका–५ डोकेबबजार क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले बताए। 

महाकाली अस्पतालका लागि अक्सिजन सिलिण्डर बोकेर जाँदै गरेको ट्रकको अगाडिको टायर पड्किँदा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी चौधरीले जानकारी दिए। दुर्घटनाका घाइतेको अवस्था सामान्य रहेको उनले बताए। ट्रकमा ४० वटा अक्सिजन सिलिण्डर रहेको बताइएको छ।

प्रकाशित: May 06, 2021| 06:49 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।