बिहीबार, भदौ ११, २०८३

गेटामा सुविधासहितको आइसोलेसन सेन्टर बन्दै

कोरोना भाइरसको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालका शय्या संक्रमितले भरिएका छन्। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

धनगढी– कोरोना भाइरसको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालका शय्या संक्रमितले भरिएका छन्। 

अस्पताहरुमा शय्या अभावका कारण अधिकांश संक्रमित घरमै बस्न बाध्य छन्। समयमा शय्या र अक्सिजन नपाउँदा कोरोना संक्रमितले ज्यान गुमाउनु परिरहेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरस्थित महाकाली अस्पताल कोरोना संक्रमितले भरिएका छन्। यहाँका केही निजी अस्पताल पनि कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको चरम अभाव झेल्दै आएका यहाँका अस्पताल शय्याको अभावमा अस्पतालको ग्यालरीमा समेत राखेर संक्रमितको उपचार गरीरहेका छन्।

गोदावरी नगरपालिकाको गेटामा निर्माणाधिन मेडिकल कलेजमा कोरोना संक्रमितलाई उपचारसहितको सेवा दिने गरी आइसोलेसन तथा होल्डिङ सेन्टर सञ्चालनको काम अगाडि बढेको छ। आइसोलेसन सञ्चालन भएपछि यहाँका अस्पतालमा कोरोना संक्रमितको चाप कम हुने अपेक्षा गरिएको छ। 

सुविधासहितको आइसोलेसन सेन्टर बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, धनगढी उप–महानगरपालिका तथा गोदावरी नगरपालिकाले सरसफाइ, खानेपानी, बिजुली, बाटोलगायत कामहरु निर्माण गरिरहेका छन्।

संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको उपचारसहितको आइसोलेसन तथा होल्डिङ सेन्टरको स्थानीय प्रशासनले रेखदेख तथा गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिकाले व्यवस्थापन गर्ने छन्।
आइसोलेसन र होल्डिङ सेन्टर स्थापनाका लागि झण्डै ६ करोड बजेट खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। आइसोलेसन सेन्टरमा अक्सिजन, एक्सरे लगायतका आवश्यक अन्य उपकरण सहितको दक्ष जनशक्ति हुने बताइएको छ।
धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बजेटको व्यवस्था संघीय  र प्रदेश सरकारले बजेट, दक्ष जनशक्ति तथा उपकरणहरुको व्यवस्था गर्ने बताए। ‘प्रदेशका सबै स्थानीय तहका नागरिकका उपचार हुने भएकाले संघीय र प्रदेश सरकारले वजेट, दक्ष जनशक्ति र उपकरणको व्यवस्था गर्छ,’ नगर प्रमुख वडले भने, ‘हामीले पनि आवश्यक परेको अवस्थामा बजेटको व्यवस्था गर्छौ।’
गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले नगरपालिकाले नगरभित्र कोरोना लक्षित उपचार र रोकथामका लागि डेढ करोड बजेट विनियोजन गरेको बताए। ‘कोरोना नियन्त्रणका लागि हामीले डेढ करोड बजेट छुट्याएका छौं। सो बजेटबाट नगरपालिकाले आफ्नै आइसोलेसन सञ्चालन गर्ने, मालाखेती अस्पताल, सामुदायिक अस्पताललाई स्वास्थ्य सामग्री दिने योजना छ । गेटामा निर्माण भइरहेको आइसोलेसन सेन्टरमा समेत हामीले सहकार्य गरिरहेका छौं,’ उनले भने।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले संघीय सरकार, सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम प्रदेश सरकारले समेत बजेट, जनशक्ति र उपकरणमा सहयोग गर्ने गरी आइसोलेन सेन्टर सञ्चालन हुने बताए। ‘आइसोलेसन सेन्टरको व्यवस्थापन र रेखदेख धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिक र कैलाली प्रशासनले गर्छ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘हामीले आइसोलेसन सेन्टर व्यवस्थापनका लागि निजी अस्पतालहरुलाई पनि शय्या र जनशक्तिमा सहयोग गर्न आग्रह गरेका छौं।

प्रकाशित: May 06, 2021| 06:46 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।