वैशाख- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ।
कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि कडाइका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले मौकाको फाइदा लिन खोज्ने व्यक्तिहरु सक्रिय हुन सक्ने अनुमानमा छड्के अनुगमनको लागि परिचालन भएको सादा पोशाकको टोलीले गोंगबु नयाँबसपार्कबाट एक जनालाई नियन्त्रणमा लिएको हो।
महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले, स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ भगवती काउण्टरका कर्मचारी वर्ष ३० को मिलन सारुलाई पक्राउ गरेको बताए।
काठमाडौंदेखि बाग्लुङसम्म जाने नियमित भाडा ९०० भएकोमा उनले ३ देखि ४ हजारसम्म लिएको पाइएपछि नियन्त्रणमा लिइएको उनले बताए।
पक्राउ परेका सारुले वैदेशिक रोजगारीबाट घर फर्किन लागेका १० जना यात्रुबाट बाग्लुङसम्म जान बढी भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ।
पक्राउ परेका सारुलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाइएको छ।
