धनगढी- बझाङमा भएको ट्र्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिका–६ का १८ वर्षीय पुरन साउँद रहेको प्रहरीले जनाएको छ। साउँद ट्र्याक्टरका सहचालक रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।
ढुङ्गा लोड गरेर जाँदै गरेको से २ त २५९६ नम्बरको ट्र्याक्टर जयपृथ्वी नगरपालिका–१०, खेइरामा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। सहचालक साउँदको घटनास्थलमा मृत्यु भएको र ट्र्याक्टर चालक फरार रहेको खड्काले बताए।
