आइतबार, असोज ११, २०८३

महामारीमा मल्हम लगाउँदै सल्यान उद्योग वाणिज्य संघ

जिल्ला अस्पताल सल्यानमा अक्सिजन नपाएर संक्रमितहरु तड्पिइरहेको जानकारीपछि सल्यान उद्योग वाणिज्य संघले अस्पतालमा अक्सिजन पुर्‍याउने प्रयास गरेको छ। 
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

सुर्खेत- कोरोना महामारीकाबाट उद्योग व्यवसाय पनि अछूतो छैन। निषेध आदेशका कारण उद्योग व्यवसाय ठप्प छन्। संक्रमण लम्बिदै गए उद्योगी, व्यवसायीहरुलाई दैनिक चलाउन मुस्किल पर्ने अवस्था छ। कतिपयले व्यवसायीले यही महामारीलाई कमाउने उपयुक्त अवसर ठानेर कालोबजारीसमेत गर्न पछि परेका छैनन्। 

सल्यान उद्योग वाणिज्य संघले भने कोरोना महामारीमा थोरै भए पनि मल्हम लगाउने प्रयास गरेको छ। जिल्ला अस्पताल सल्यानमा अक्सिजन नपाएर संक्रमितहरु तड्पिइरहेको जानकारीपछि सल्यान उद्योग वाणिज्य संघले अस्पतालमा अक्सिजन पुर्‍याउने प्रयास गरेको छ। 

अक्सिजन अभाव हुन नदिन वाणिज्य संघले नेपालगञ्जबाट जिल्लामा अक्सिजन पुर्‍याउन थालेको हो। संघले जिल्ला अस्पताल सल्यानमा १६ वटा र निजी क्षेत्रसँग रहेका ९ वटा खाली सिलिण्डर नेपालगञ्जबाट भरेर जिल्ला पुर्‍याउने थालेको छ।

‘अस्पतालमा अक्सिजन नपाएर बिरामीहरु छटपटाउने थाले, जति सकिन्छ सहयोग गरौँ न भन्ने लाग्यो’ सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीले भने, ‘पहिलो चरणमा २५ वटा सिलिण्डर नेपालगञ्ज पठाएका छौँ, भोलि बिहानसम्म जिल्लामा अक्सिजन पुर्‍याउछौँ।’ निषेध आदेशमा व्यवसायीहरु आर्थिक संकटमा परे पनि मानवीय नाताले महामारीमा पहलम लगाउने प्रयास गरेको उनको तर्क छ।

प्रकाशित: May 05, 2021| 13:59 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्