बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोषी पाइए केएमसी र ह्याम्सलाई कारबाही हुन्छ : काठमाडौं प्रशासन

दोषी पाइए केएमसी र ह्याम्सलाई कारबाही हुन्छ : काठमाडौं प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) लाई स्पष्टीकरण सोधेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) लाई स्पष्टीकरण सोधेको छ।

कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। 

‘हामीले अस्पतालसँग लिखित र मौखिक स्पष्टिकरण सोधेका छौं। उहाँहरूको जवाफ आइसकेपछि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर दोषी पाइए कारबाही गरिने छ’, नेपालसमयसँग कुरा गर्दै उनले भने।

कोरोना भाइरसका बिरामीसँग बढी शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो। 

यसअघि स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिइसकेको छ।

प्रकाशित: May 05, 2021| 13:01 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।