बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा निवास पुगेका प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- विश्वासको मत दिन सकिँदैन

देउवा निवास पुगेका प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- विश्वासको मत दिन सकिँदैन

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्।

बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई कांग्रेस नेताहरुले विश्वासको मत दिन नसकिने जवाफ दिएका हुन्।

ओलीले यही वैशाख २७ गते विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन्।

कांग्रेस नेताहरुले वर्तमान सरकारले लोकतान्त्रिक चरित्र नदेखाएको, लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउने काम गरेको भन्दै यही अवस्थामा सरकारलाई विश्वासको मत दिन नसकिने जवाफ दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा ओलीलगायतका एमाले नेताहरुले लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरु बचाउनका लागि सहकार्यको प्रस्ताव राखेको तर अहिले सरकारले लोकतान्त्रिक चरित्र नदेखाएकाले सहकार्य गर्न नसकिने कुरा स्पष्ट रुपमा राखिएको कांग्रेस सहमहामन्त्री महतले बताए।

बैठकम आफूहरुले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने उपयुक्त कदमका लागि ध्यानाकर्षण गराएको पनि महतले बताए। साथै संसद छलेर सरकारले विभिन्न अध्यादेशहरु ल्याएको विषयमा पनि आफूहरुले गम्भीरताका साथ कुरा राखेको उनले बताए।

महतले आफूहरुले गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा सत्ताको दुरुपयोग भएको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए। उनले अहिले सरकारले लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको भन्दै लोकतन्त्रको रक्षाका लागि भविस्यमा सहकार्य हुन सक्ने कुरा पनि स्पष्ट पारे।

कांग्रेस सभापति देउवाको निवासमा भएकाे दुई दलका शीर्ष नेताहरुको छलफलमा एमालेका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।

कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी भएका थिए।

प्रकाशित: May 05, 2021| 12:46 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।