बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चर्को शुल्क लिने अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

चर्को शुल्क लिने अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं– सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

कोरोना भाइरसका बिरामीसँग बढी शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो। 

मन्त्रालयले महामारीको समयमा केही अस्पतालले असहयोग गर्ने र बिरामीलाई अनावश्यक दुःख दिने, समस्या बढाउनेजस्ता कार्य गरेको गुनासो आएको र त्यसमा गम्भीर ध्यानाकर्षण भएको भन्दै कारबाहीको चेतावनी दिएको छ।

कुनै अस्पतालमा यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन तथा मन्त्रालयको हटलाइन नम्बरमा फोन गरी उजुरी गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।  

प्रकाशित: May 05, 2021| 12:22 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।