बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल जारी

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल जारी

सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी छ। 
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं– सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा जारी दुई दलका शीर्ष नेताहरुको छलफलमा एमालेका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्। 

त्यसैगरी कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री डा. प्रकाशशरण महत छन्। 

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ। कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ। कांग्रेसको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

जेठ ६ गते तय गरिएको बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले रामबहादुर थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई अघि सार्ने भएको छ। आजको भेटमा यसबारे पनि छलफल हुने बताइएको छ।

प्रकाशित: May 05, 2021| 11:21 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।