सुर्खेत- आज (बुधबार) देखि हुम्ला जिल्ला अस्पतालले आकस्मिकबाहेकका सेवाहरु बन्द गरेको छ।
कोरोना संक्रमतिको उपचारका लागि आकस्मिकबाहेकका सेवाहरु बन्द गरिएको हो। हुम्लामा हाल ८ जना मात्रै कोरोना संक्रमित छन्।
जनशक्ति, पूर्वाधारको अभाव र संक्रमण समुदायमा फैलिन नदिन आकस्मिक बाहेकका सेवाहरु बन्द गरेको अस्पतालले जनाएको छ। डा.टासी आङ्जु लामाका अनुसार एक हप्तासम्म आकस्मिक बाहेका सेवाहरु बन्द हुने छन्।
एक हप्तासम्म प्रसुति, कोरोना र आकस्मिक सेवा मात्रै दिइने छ। संक्रमण बढ्दै गएपछि हुम्लामा आज (बुधबारदेखि एक हप्ता निषेध आदेश लागू गरिएको छ।
