काठमाडौं– पीसीआर परीक्षणका लागि नमुना संकलन गर्न घरमै जाने स्वास्थ्यकर्मीले बढीमा ५ सय रुपैयाँमात्र शुल्क लिन पाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ।
घरमै पीसीआर नमुना संकलनको लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
त्यसैगरी मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त ठाउँमा सघन रुपमा कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण बढाउन लगाउने निर्णय पनि गरेको छ।
