बिहीबार, भदौ ११, २०८३

आज ८ हजार ६५९ जनामा कोरोना पुष्टि, ५८ को मृत्यु

गत २४ घण्टामा मात्र ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मको उच्च हो।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं- गत २४ घण्टामा मात्र ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मको उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६जनाको पीसीआर र ६१० जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको हो। 

जसमध्ये ८ हजार ६०५ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। एकैदिनमा ५८ जनाको मृत्यु भएको हालसम्मकै उच्च हो। 

हाल सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ९९३ रहेको छ। 

प्रकाशित: May 05, 2021| 10:50 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।