बिहीबार, भदौ ११, २०८३

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीको राजीनामा

नेकपा (एमाले) का लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सभामुखसमक्ष राजीनामा दिएका छन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

बुटवल– नेकपा (एमाले) का लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सभामुखसमक्ष राजीनामा दिएका छन्।

प्रदेशसभाका सभामुखलाई बुधबार दिउँसो साढे दुई बजे उनले राजीनामा पत्र बुझाएका प्रदेससभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

उनले वैशाख १९ गतेको संसदीय दलको बैठकमा अनुपस्थित रहेको समेत राजीनामा पत्रमा उल्लेख गरेका छन्। क्षेत्रीले दुई तिहाइको कम्युनिस्ट सरकार भए पनि जनताको भावनाअनुसार काम गर्न नसकेको बताउँदै बृहत् वाम एकताका लागि राजीनामा दिएको बताएका छन्।

प्रदेससभा सचिवालयले केही बेरमा उनी पदमुक्त भएको सूचना निकाल्ने जनाएको छ। मुख्यमन्त्री शंकर पोखरेल एमालेको एकल बहुमत भएकाले संविधानको धारा १६८ को उपधारा १ अनुसार उनी मुख्यमन्त्री बनेका छन्। तर, पोखरेलकै गृह जिल्लाका सांसदले भने साथ छाडेका छन्। यसअघि दाङबाट निर्वाचित विमला वली खत्री पनि एमाले छाडेर माओवादीमा प्रवेश गरेकी थिइन्।

कपिलवस्तुका सांसद दिर्घनारायण पाण्डेले पनि  राजीनामा दिएका छन्। दुई् जनाको राजीनामा र एक सांसदले पार्टी छाडेको घोषणा गरेपछि लुम्बिनीमा अब एमालेकाा ३८ जनामात्रै सांसद छन्।
 

प्रकाशित: May 05, 2021| 09:38 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।