बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै विद्याथीलाई  बलात्कार गरेको  आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्याथीलाई  बलात्कार गरेको  आरोपमा शिक्षक पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं– १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षिय शम्भु लामालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।

काठमाडौं महामनगरपालिका–११ सुन्धारास्थित ढोरपाटन होटलमा लामाले किशोरीलाई ललाईफकाई दुई दिनससम्म राखी पटकपटक जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

लामाले आफ्नै विद्यार्थीलाई काठमाडौं ल्याएर जबरजस्ती गरेको प्रहरीको भनाइ छ। लामा भाग्दै गरेको अवस्थामा बानेश्वरबाट पक्राउ परेका हुन्। उनी गोरखाको एक विद्यालयमा पढाउँथे। 
 

प्रकाशित: May 05, 2021| 09:01 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।