बिहीबार, भदौ ११, २०८३

कर्णाली नदीमा टिपर खस्यो, चालक र सहचालक बेपत्ता

जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

सुर्खेत– जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ। दाङको लमहीदेखि सिमेन्ट लिएर जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर दैलेखको आठबीस नगरपालिका–४ खोटेसल्लास्थित कर्णाली राजमार्गबाट नदीमा खसेको हो। 

टिपर खस्दा चालक र सह–चालक बेपत्ता छन्। उनीहरुको पहिचान खुलेको छैन। बेपत्ताको खोजीका जिल्ला प्रहरी परिचालन गरिएको छ। तर नदीको बहाव बढेका कारण खोजी गर्न गाह्रो भएको छ।

दैलेखका डीएसपी अनुपम श्रेष्ठका अनुसार टिपर मंगलबार राति नदीमा खसेको हुनसक्ने अनुमान गरिएको छ। ‘बिहानमात्रै टिपर नदीको किनारमा देखेपछि थाहा भयो,’ उनले भने। टिपर कर्णाली राजमार्गबाट झण्डै १५० मिटर तल नदीमा खसेको छ।
 

प्रकाशित: May 05, 2021| 08:27 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।