बिहीबार, भदौ ११, २०८३

‘एन्फा डे’का सबै कार्यक्रम स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्ष अघिबाट मनाउँदै आएको एन्फा डे यो वर्ष पनि नमनाउने निर्णय गरेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्ष अघिबाट मनाउँदै आएको एन्फा डे यो वर्ष पनि नमनाउने निर्णय गरेको छ। उसले कोभिड-१९ को महामारीका कारण आज (वैशाख २२) गते परेको एन्फा डे नमनाउने निधो गरेको हो।

एन्फाले आज एक सूचना जारी गर्दै लेखेको छ, ‘हाल देशमा कोभिड-१९ का कारण उत्पन्न प्रतिकूल अवस्थाका कारण एन्फा डेको अवसरमा आयोजना गर्ने भनिएको सबै पूर्वनिर्धारित कार्यक्रम यो वर्षलाई स्थगित गरिएको छ।’

साथै प्रवक्ता किरण राईको हस्ताक्षरसहितको विज्ञप्तिमा सबैलाई सरकारले जारीको गरेको मापदण्ड पालना गर्दै महामारीबाट सजग रहन अनुरोध गरेको छ।

गत वर्ष पनि कोभिड-१९ को महामारीका कारण एन्फा डेको कार्यक्रम स्थगित गरिएको थियो।

प्रकाशित: May 05, 2021| 07:36 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।