बिहीबार, भदौ ११, २०८३

विराटनगरमा दुई संक्रमितको मृत्यु

नोवेल शिक्षण अस्पताल विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना मोरङका हुन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

विराटनगर – नोवेल शिक्षण अस्पताल विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना मोरङका हुन्।

सुन्दरहरैँचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८:१५ बजेतिर मृत्यु भएको छ। उनलाई उपचारका लागि मंगलबार राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो।

उपचारका लागि भर्ना गरिएको आठ घण्टामै उनको मृत्यु भएको हो। मृतकको घाँटीमा क्यान्सरको समस्या रहेको नोवेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिए। 

विराटनगर महानगरपालिका–१२ घर भएका ६७ वर्षीय वृद्ध पुरुषको विहान ५ वजे मृत्यु भएको छ। मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या केही पनि नभएको दाहालले बताए। दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी उनले दिए। 

प्रकाशित: May 05, 2021| 07:24 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।