बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको गोप्य भेट

हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको गोप्य भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि यतिखेर विपक्षी दलहरु रणनीति बनाउन सक्रिय छन्।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि यतिखेर विपक्षी दलहरु रणनीति बनाउन सक्रिय छन्।

ओलीले गत पुस ५ गते संसद् विघटन गरेदेखि नै आन्दोलनमा एक भएका दलहरू अहिले ओलीलाई विश्वासको मत प्राप्त हुन नदिने रणनीतिमा छन्। 

यसैबीच ओलीलाई विश्वासको मत पुग्न नदिने विषयमा आवश्यक रणनीति बनाउने विषयमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच गोप्य वार्ता भएको खुलेको छ।

ललितपुरको हात्तीवनस्थित उपेन्द्र यादवको निवासमा तीन जनाबीच करिब एक घण्टा कुराकानी भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। दाहाल र नेपालबीच त यसअघि पनि पटकपटक गोप्य भेट भइसकेको छ।

प्रकाशित: May 05, 2021| 07:21 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।