बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशकाे मारमा किसान : तरकारी बेच्न घरघरै पुग्छन्, तै पनि हुँदैन बिक्री

निषेध आदेशकाे मारमा किसान : तरकारी बेच्न घरघरै पुग्छन्, तै पनि हुँदैन बिक्री

‘पहिले हाट बजार लाग्थ्यो, त्यहाँ राम्रो मूल्यमा तरकारी बेच्न पाइन्थ्यो। अहिले घरघर डुल्दासमेत तरकारी बिक्री भएको छैन।’
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

धनगढी - कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा निषेध आदेश लागू भएको छ, जसकारण जिल्लाका हाटबजार सञ्चालनमा आउन सकेका छैनन्। हाटबजार सञ्चालन नहुँदा यहाँ कृषक घरघरमा गएर सस्तोमा तरकारी बेच्न बाध्य छन्। 

धनगढी उपमहानगरपालिका-६, जालीकी सुनिता चौधरीले निषेध आदेशअघि हाटबजारमा ११० रूपैयाँ प्रतिकिलो तीतेकरेला बेच्दै आएकोमा अहिले २५ रूपैयाँमा घरमै पुगेर बेच्दासमेत बिक्री नभएको बताइन्। 

‘४० रूपैयाँ प्रतिकिलो बेच्दै आएको फर्सी अहिले १५ मा समेत बिक्री भएको छैन,’ उनले भनिन्, ‘बिहान टिपेर ल्याउँछौं घरघर डुल्छौं बिक्री नभएको तरकारी फिर्ता लिएर घर जान्छु।’

एक पाउ ४० रूपैयाँमा बेच्दै आएको भिण्डी अहिले ३० रूपैयाँ किलो बेच्दा समेत बिकी नभएको अर्की किसान तुलसी चौधरी बताउँछिन्। ‘पहिले हाट बजार लाग्थ्यो त्यहाँ  राम्रो मूल्यमा तरकारी बेच्न पाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले घरघर डुल्दासमेत तरकारी बिक्री भएको छैन।’

सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च समेत नउठ्ने उनको भनाइ छ। धनगढी उपमहानगरपालिका-६, जाँईकी दिलमाया चौधरीले निषेध आदेशअघि ४० रूपैयाँमा बेच्दै आएको फर्सी, लौका अहिले १५ रूपैयाँ प्रतिकिलो बेच्दासमेत बिक्री नभएको बताइन्। 

उत्पादनमा लागेको खर्च उठ्छ कि भनेर घरघर डुलेर तरकारी बेच्दासमेत बिक्री नभएको उनको भनाइ छ। कोरोनाको दोस्राे लहरसँगै कैलालीमा प्रदेशमै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले जिल्लामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरेको छ।

निषेध आदेशका कारण हाट बजार सञ्चालनमा नआउँदा यहाँका किसान मर्कामा परेका छन्। यद्यपि प्रशासनले बिहान तीन घण्टा तरकारी पसल खोल्न दिएको छ। तर, किसानले निषेध आदेशका कारण तरकारी पसलसम्म समेत आफूले उत्पादन गरेको तरकारी पुर्‍याउन सकेका छैनन्। 

प्रकाशित: May 05, 2021| 07:18 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।