आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आवेदकमध्ये १४ प्रतिशतले मात्र पाउँछन् सीईडीबीको सेयर 

आवेदकमध्ये १४ प्रतिशतले मात्र पाउँछन् सीईडीबीको सेयर 

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा दुई अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६०० रूपैयाँ बराबरको आवेदन परेको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं - सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा दुई अर्ब ६३ करोड ४५ लाख ५२ हजार ६०० रूपैयाँ बराबरको आवेदन परेको छ। 

मंगलबार साँझ ५ बजेसम्म आवेदन दिने अन्तिम समय थियो। सो कम्पनीको आईपीओमा १७ लाख ३६ हजार ७०१ जनाले दुई करोड ६३ लाख ४५ हजार ५२६ कित्ता सेयरको लागि आवेदन दिएका छन्। 

सीईडीबीले गत शुक्रबार २५ करोड १८ लाख २३ हजार रूपैयाँ बराबरको २७ लाख १८ हजार दुई हजार ३०० कित्ता सेयरको आईपीओको लागि आवेदन खुल्ला गरेको थियो। 

कुल निष्काशनमध्ये एक लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो। बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो।

आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रूपैयाँ पुग्ने छ। आवेदन गर्नेमध्ये दुई लाख ३४ हजारलाई १०–१० कित्ता आईपीओ पर्नेछ।

प्रकाशित: May 05, 2021| 06:37 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्