बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमितसँग दैनिक ५० हजारसम्म असुल्दै ह्याम्स अस्पताल, अध्यक्ष भन्छन्– पैसा नभए नआए हुन्छ

संक्रमितसँग दैनिक ५० हजारसम्म असुल्दै ह्याम्स अस्पताल, अध्यक्ष भन्छन्– पैसा नभए नआए हुन्छ

स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर संक्रमितको निःशुल्क उपचार गर्न किन नसकेको भन्ने प्रश्नमा अस्पतालका अध्यक्ष भण्डारीको जवाफ छ, ‘त्यो पैसाले हाम्रो अस्पताल सञ्चालन खर्चसमेत उठ्दैन। अनि कसरी उपचार गर्नु?’
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं– काठमाडौंको ह्याम्स अस्पतालले कोरोना संक्रमितसँग एउटा बेडको प्रतिदिन ५० हजार रुपैयाँसम्म असुल्न थालेको छ। आइसोलेसन सुइट रुमको प्रतिदिन ५० हजार रुपैयाँ लिने गरी अस्पतालले शुल्क तोकेको हो। 

अस्पतालले कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन जनरल वार्डको ७ हजार, दुई बेड सेयर गरेर बस्दा १५ हजार, तीन बेड सेयर बस्दा ११ हजार, आइसोलेसन प्राइभेट रुमको २१ हजार, आईसीयू बेडको २२ हजार, आइसोलेसन डिलक्स रुमको २६ हजार र आइसोलेसन सुइट रुमको ५० हजार रुपैयाँ लिँदै आएको छ। यसबाहेक अन्य थप खर्च पनि बिरामीले बेहोर्नुपर्ने मञ्जुरीनामामा उल्लेख छ।

राजधानीकाे मण्डिखाटारस्थित ह्याम्स अस्पतालले काेराना संक्रमितका आफन्तसँग गराउँदै आएकाे मञ्जुरीनामा।

ह्याम्सले शुल्कका विषयमा अन्यन्त्र उजुरबाजुर गर्न नपाउने सर्तसहितको पत्रमा हस्ताक्षर गराएर मात्रै बिरामीको उपचार गर्न सुरु गरेको छ। अस्पतालले बिरामीका आफन्तलाई हस्ताक्षर गराउने मञ्जुरीनामा लेखिएको छ– ‘सरकारी अस्पतालमा उपचार निःशुल्क हुने अस्पताल प्रशासनले जानकारी गराए तापनि म÷मेरो बिरामीलाई आफ्नो इच्छाले यस अस्पतालमा उपचार गराउन चाहन्छु। यस अस्पतालमा उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च स्वयं बेहोर्नेछु तथा यसबारे उजुरबाजुर गर्ने छैन।’ 

सरकारले दिएको शुल्कले उपचार गर्न नसकिने भएकाले यसरी शुल्क बढाइएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीले बताए। उनले नेपाल समयसँग भने, ‘हामीले दिएको सेवाअनुसार यो शुल्क स्वाभाविक हो। यसलाई बढी भन्न मिल्दैन।’ 

महामारीमा यसरी मलाग्दी शुल्क लिन पाइन्छ त भन्ने जिज्ञासामा भण्डारीले भने, ‘यो मनपरी ढंगबाट लिएको पैसा होइन। उच्चस्तरीय र गुणस्तरीय सेवा दिएबापत लिएको शुल्क हो।’ 

स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर संक्रमितको निःशुल्क उपचार गर्न किन नसकेको भन्ने प्रश्नमा अस्पतालका अध्यक्ष भण्डारीको जवाफ छ, ‘त्यो पैसाले हाम्रो अस्पताल सञ्चालन खर्चसमेत उठ्दैन। अनि कसरी उपचार गर्नु?’ कम्तीमा बेडको मात्रै दिनमा ७ हजार रुपैयाँ तिर्न नसक्ने कोरोना संक्रमित ह्याम्स नआए हुन्छ।’ 

स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचार गर्ने निजी अस्पताललाई प्रतिसंक्रमित प्रतिदिन सामान्य अवस्थाका बिरामीको ३५ सय, मध्यम स्थितिका बिरामीको ७ हजार र जटिल प्रकृतिका बिरामीको उपचार गरेबापत १५ हजार दिँदै आएको छ। ह्याम्सले स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको छैन। 

काठमाडौं मेडिकल कलेजमा एउटा बेडको दैनिक ३० हजार रुपैयाँ

प्रकाशित: May 05, 2021| 06:31 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।