बिहीबार, भदौ ११, २०८३

इटहरीमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु

सुनसरीको इटहरीमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। 
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

विराटनगर – सुनसरीको इटहरीमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। 

इटहरी उपमहानगरपालिका–६ मा मंगलबार राति को १ च ७८१६ नम्बरको पिकअप गाडीले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत खड्काको घर झापाको कचनकवल गाउँपालिका–६ हो। 

दुवै सवारीसाधन र गाडी चालक तेह्रथुम लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए।

प्रकाशित: May 05, 2021| 04:46 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।