बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे पत्र संसद् सचिवालयमा बुझाउँदै माओवादी केन्द्र

सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे पत्र संसद् सचिवालयमा बुझाउँदै माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले आज सरकारलाई आफ्नो समर्थन नरहेको औपचारिक पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। 
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रले आज सरकारलाई आफ्नो समर्थन नरहेको औपचारिक पत्र संसद् सचिवालयमा बुझाउने भएको छ। 

मंगलबार पार्टी बैठकले गरेको निर्णयअनुसार आज औपचारिक पत्र बुझाउन लागिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

उनले समय भने यकिन भइनसकेको भन्दै आज नै दर्ता गरिने प्रष्ट पारे। पार्टीका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोलीले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर औपचारिक जानकारी दिन लागेको हो।

राजनीतिक रुपमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई आफूहरूको समर्थन नरहेको बताउँदै आए पनि कानुनी रुपमा फिर्ताको निर्णय लिइसकेको थिएन।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले पनि समर्थन फिर्ताको निर्णय गरेको हो।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ।

प्रकाशित: May 05, 2021| 03:52 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।