मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले विश्वासकाे मत लिने संसद् बैठकमा संक्रमित सांसदकाे उपस्थिति के हुने?

Siddartha premir insuranceSiddartha premir insurance

प्रधानमन्त्रीले विश्वासकाे मत लिने संसद् बैठकमा संक्रमित सांसदकाे उपस्थिति के हुने?

वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले सांसदहरू अनिवार्य उपस्थित हुनैपर्छ। महामारीको समयमा संक्रमित सांसदहरू बैठकमा सहभागी हुन पाउने वा के गर्ने भन्ने अझै टुंगो भने लागिसकेको छैन।
 |  बुधबार, वैशाख २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं - वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशनको बैठक बस्दै छ। बजेट अधिवेशनका लागि नियमित बैठक बस्नुपर्ने समय भए पनि २७ गतेको बैठक भने प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बस्न लागेको हो।

triton college

राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेपछि अहिले संसद सचिवालय बैठकको आवश्यक तयारीमा जुटेको छ। कोभिड-१९ को संक्रमण उच्च भइरहेका बेला ठूलो संख्यामा सांसदहरू बैठकमा सहभागी हुनुपर्ने त्यतिकै जोखिम छ।

संसद् सचिवालयले बैठकको पूर्वसन्ध्यामा बैठकमा सहभागी हुने सभामुखसहित सांसदहरूको पीसीआर परीक्षण गर्दैछ। अन्य समयमा बैठक बस्दा पोजिटिभ देखिएका सांसदहरू सहभागी हुन पाउँदैन थिए। तर, २७ गतेको बैठक भने प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले सांसदहरू अनिवार्य उपस्थित हुनैपर्छ। महामारीको समयमा पोजिटिभ देखिएका सांसदहरू बैठकमा सहभागी हुन पाउने वा के गर्ने भन्ने अझै टुंगो भने लागिसकेको छैन।

नेकपा एमालेकै वरिष्ठ नेता झलनाथ खनालसहित ६ जना सांसद कोरोना संक्रमित छन्। बुधबार सांसदहरूको पीसीआर परीक्षण हुँदैछ। त्यसमा पनि कोही सांसद संक्रमित पुष्टि हुन सक्छन्।

संघीय सरकारकै पर्यटनमन्त्री भानुभक्त ढकाल र महिला, बालबालिका तथा समाज कल्याण मन्त्री जुली महतोलाई कोरोना संक्रमण भएको छ। तीन दिन अगाडि मन्त्रीहरू ढकाल र महतोलाई संक्रमण पुष्टि भएको हो। 

Metro Mart
vianet

पूर्वमन्त्री एवम् एमाले सांसद रघुवीर महासेठलाई पनि संक्रमण भएको छ। त्यस्तै एमालेकै सांसद विमला विक र सरिता न्यौपाने पनि संक्रमित छन्। 

संक्रमित सांसदले विश्वासको मत लिने बैठकमा भाग लिन पाउने र मतदानमा सामेल गराउनेबारे अन्योल देखिएको छ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेय संक्रमित भएका सांसदहरूलाई बैठकमा सहभागी गराउने र मतदानमा सहभागी कसरी गराउने भन्ने विषयमा निर्णय भइनसकेको बताउँछन्। 

‘सभामुखले परामर्श गरिरहनुभएको छ। छलफल पनि चलिरहेको छ। तर, निर्णय केही भएको छैन,’ उनले भने। पोजिटिभ देखिएकालाई उपचारमा नै पठाउनुपर्ने भएकाले के गर्ने भन्ने अन्यौल नै छ। 

बैठकमा सहभागी भएकाले मात्रै मतदान गर्न पाउने भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने नै दुविधा देखिएको हो। कार्यव्यवस्था परामर्श समितिमा दलहरूसँग छलफल गरेर बैठक अघि नै केही आवश्यक निर्णय हुने संसद सचिवालयले जनाएको छ। वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ।

प्रकाशित: May 05, 2021| 03:45 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।