कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मंगलबारदेखि बन्द भएको छ।
स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए।
उनका अनुसार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो।
यस्तै माछापुच्छ्रे गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेको भन्दै गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ। रासस
