बिहीबार, भदौ ११, २०८३

प्रदेश १ मा होल्डिङ सेन्टर निर्माण हुन सकेन

प्रदेश १ सरकारले ५ स्थानमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको दुईसाता विते पनि सेन्टर निर्माण हुन सकेको छैन।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

विराटनगर – प्रदेश १ सरकारले ५ स्थानमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको दुईसाता विते पनि सेन्टर निर्माण हुन सकेको छैन। होल्डिङ सेन्टर निर्माण नहुँदा भारत लगायत देशबाट नेपाल प्रवेश गर्नेहरू सोझै समुदायमा पुग्ने गरेका छन्। कतिपय नेपाल प्रवेश गरेपछि विचल्लीमा पर्ने गरेका छन्। 

नेपाल प्रवेश गरेपछि स्वास्थ्य परीक्षण गरि होल्डिङ सेन्टरमा पठाउने उद्देश्यले विराटनगरको रानी, झापाको काकडभिट्टा, इलामको पशुपतिनगर, सुनसरीको भाण्टाबारी, सोलुखुम्वु र खोटाङमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय कार्यान्वयनमा नआउँदा समुदायमा संक्रमणको दर पनि फैलिँदो छ। 

होल्डिङ सेन्टरको लागि आवस्यक स्थानको पहिचानको काम भइरहेकाले एक साता भित्र होल्डिङ सेन्टर सञ्चालनमा आउने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्। उनले भने, ‘बढीमा एक सातामा सञ्चालनमा ल्याउने छौं।’ नेपाल प्रवेश गर्नेहरूको होल्डिङ सेन्टरमा राखेर स्क्रिनिङ गर्ने, संक्रमण देखिएकालाई आइसोलेसन र संक्रमण नदेखिएकालाई घर पठाउने वा क्वारेन्टाइनमा पठाइने मन्त्री कार्कीले बताए।

विराटनगर रानी नाकाबाट दैनिक बढीमा ३० जना सम्म नेपाल प्रवेश गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  होल्डिङ सेन्टर नहुँदा सीमामा एन्टीजेन परीक्षण गरेर छाड्ने गरिएको छ। जिल्ला सुरक्षा समितिले विराटनगरमा तत्कालका लागि ५० वेडको होल्डिङ सेन्टर बनाउनका लागि प्रदेश सरकारलाई सिफारिस गरे पनि कार्यान्वयनमा आउन सकेको छैन। 

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले विराटनगर रोडशेष नजिक होटलको प्रकृतिमा निर्माण भएको घर फेला परेको बताए। उनले अस्थाई प्रकृतिको होल्डिङ सेन्टरका लागि सो घर उपयुक्त भएको बताए। 

रानी नाकालाई लक्षित गरेर विराटनगर जुटमिल आसपासमा होल्डिङ सेन्टर निर्माणको तयारी भइरकेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

सरकारले होल्डिङ सेन्टर निर्माण नगर्दा सिमामा लामो समयसम्म अलपत्र पर्ने गरेको सुर्खेत चौकुनेका ४५ वर्षीय शेरबहादुर विश्वकर्माले बताए। 

तीन दिन लामो यात्रापछि शुक्रबार बिहान नेपाल–भारत सीमा नाका जोगबनी आइपुगेका उनी १२ घण्टा सम्म सिमामै अलपत्र परेका थिए। भारतबाट आएका विश्वकर्मा परिवारलाई सीमा नाकामै स्वास्थ्यकर्मीले एन्टीजेन परिक्षण गर्दा श्रीमतीको रिपोर्ट पोजेटिभ देखिएपछि उनी सीमामै बस्नु परेको थियो। होल्डिङ सेन्टर नहुँदा दुःख पाएको विश्वकर्माले बताए। 

प्रकाशित: May 05, 2021| 02:23 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।